मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गएको २४ घण्टामा १४ हजार बढीले बुस्टर डोज लगाए

सोमबार, १६ साउन २०७९, १७ : ३५
सोमबार, १६ साउन २०७९

नेपालमा कोभिड–१९ को सङ्क्रमणको ग्राफ तीव्र गतिमा उकालो लाग्दा बुस्टर डोज लगाउनेको दर सुस्त गतिले अगाडि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १४ हजार ५० जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।

हालसम्म भने ७२ लाख ७६ हजार ९२२ जनाले लगाएका थिए । बुस्टर डोज गएको एक सातामा अर्थात् साउन १० गते २२ हजार ३८५ जनाले बुस्टर डोज खोप लगाए थिए । ११ गते ४ हजार १४६ जनाले बुस्टर डोज लगाउँदा १२ गते  १४ हजार ८४८ जनाले लगाएका थिए । यस्तै, क्रमशः १३ गते ९ हजार २२३,१४ गते १८ हजार १४०, १५ गते ३ हजार ८८३ जनाले लगाएको  मन्त्रालय जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप