सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मङ्गलबार, १७ साउन २०७९, ०७ : ४८
मङ्गलबार, १७ साउन २०७९

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

 प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप