सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्ने

मङ्गलबार, १७ साउन २०७९, १० : ३२
मङ्गलबार, १७ साउन २०७९

द ब्रिटिस कलेजले 'तेस्रो द ब्रिटिस कप २०२२' इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थित ढुकु फुटसलमा खेल आयोजना हुने भएको हो । 

पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा आयोजना भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । तेस्रो प्रतियोगितामा १३ कलेजहरूबीच प्रतिस्पर्धा हुनेछ । 

ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिँदै छन् । विजयी टिमले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ५० हजार नगद, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद रु दश हजार पाउनेछन् ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ । कोरोना महामारीको कारण केही वर्ष कार्यक्रम नपाए पनि  नयाँ उत्साहका साथ पुनः कार्यक्रम आयोजना हुन लागेकोमा ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले खुसी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप