मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई हेल्थ अवार्ड प्रदान गरिने

मङ्गलबार, १७ साउन २०७९, १४ : २९
मङ्गलबार, १७ साउन २०७९

यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने भएको छ । आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पुर्याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो । 

आयोजकका अनुसार यस बर्ष विभिन्न नौ वटा विधामा अवार्ड प्रदान गरिने छ । कोभिड महामारीमा जोखिम उठाएर बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शब व्यवस्थापक लगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले बताएका छन् । 

उनका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदा रहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरुलाई विशिष्ठ सेवा सम्मानले सम्मानित गरिने छ । यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिने छ । यही भाद्र १७ गते काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएको समेत आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप