आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इनारभित्र एक जनाको शव फेला

बिहीबार, १९ साउन २०७९, ०६ : १६
बिहीबार, १९ साउन २०७९

उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ । कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले इनारमा शव  देखेपछि प्रहरीलाई खवर गरेका थियो ।  

घटनास्थल पुगेर शव  निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको  ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी  मानबहादुर राईले  बताए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए । 

घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका  प्रहरीको टोलीले शव इनारबाट निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप