कोरोनाका ४४ संक्रमितको आईसीयुमा उपचार हुँदै
बिहीबार, १९ साउन २०७९, २० : ०२
नेपालमा कोभिड–१९ संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ । पछिल्लो समय देशका विभिन्न अस्पतालहरुमा आईसीयुमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
संक्रमणका कारण ४४ जनाको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, आइसोलसनमा १६२ जना बसेको छन् भने संस्थागत आईसोलेशनमा ५ हजार ४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ७६० जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ ।