मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

शुक्रबार, २० साउन २०७९, ०६ : ४६
शुक्रबार, २० साउन २०७९

जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ । 

उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेको हो । 

फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए । उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरि ६ वर्ष कैद सजाय सुनाएका थिए । प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सघाउ चौधरीलाई पक्राउ गरि अदालत बुझाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप