आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

शुक्रबार, २० साउन २०७९, १० : ४२
शुक्रबार, २० साउन २०७९

५ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरु पनि सहभागी छन् । 

चुनावको मिति घोषणा पछि सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेको थियो । आजको बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलबीचको तालमेलबारे छलफल हुने छ । 

नेताहरुका अनुसार बैठकले निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँडका लागि तालमेलको मोडालिटीका बारेमा समेत छलफल हुनेछ । उनीहरुका अनुसार तालमेल र सिट बाँडफाँड गर्न एक समिति बनाउनेबारे पनि प्रारम्भिक छलफल हुनेछ । स्थानीय निर्वाचनमा सत्तारुढ दलबीच काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा चुनावी संयन्त्र गठन गरी सोही संयन्त्रको सुझावका आधारमा तालमेलको मोडालिटी तय भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप