आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

शुक्रबार, २० साउन २०७९, ११ : ०९
शुक्रबार, २० साउन २०७९

कैलालीको सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज ८ बजेर ५ मिनेटको समयमा मृत्यु भएको हो ।
 
अल्कोहोलिक हेपाटाईटिसका बिरामी रहेका उनलाई कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएपछि  बिहीबारदेखि  अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । 

उनको उपचारकै क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । मृतक पुरुषलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप