मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

समस्यामा गुजुल्टिँदा

शनिबार, २१ साउन २०७९, ०६ : ४९
शनिबार, २१ साउन २०७९

म उछिन्न खोज्छु 
उ झन् नजिकिन खोज्छ 
बिझाएको मनमा 
मलम लगाउँछु भन्दै 
झन् झन् बढी घाउहरू दिन खोज्छ 
म उसलाई दुश्मन बनाउन खोज्छु
तर उ भने मेरो मित्रभन्दा 
नजिक बन्न खोज्छ ।
मैले मेरा आँखाका उनाकुना 
पानीले भिजाउँदा पनि 
कहीँकतै उसमा दया देखिँदैन 
उल्टै परेली सुख्खा भो भन्दै 
पानी थपेर पो जान खोज्छ ।
मेरो मन मस्तिष्क 
दुबैमा कब्जा जमाएर
सधैँ मनोबल घटाउन खोज्छ 
अब त अति भो भन्दै 
म त्यहाँबाट निस्कन खोज्दा 
फलामे ढोकाले मेरो बाटो रोक्न खोज्छ 
हुन त म उसलाई दुश्मन मान्छु 
तर उ भने मलाई प्रत्येक खुड्किलोमा 
नयाँ उपहार दिन खोज्छ ।
उ  आउन त 
खरायोको रफ्तारमा आएको हुन्छ 
तर जाँदा भने 
कछुवाको गतिमा जान खोज्छ 
उसका रूपहरू भिन्न भिन्न हुन्छन् 
कसैसँग नमिल्ने खालका
एक भर्खर गएको हुन्छ 
राम्रा नराम्रा उपहार दिएर 
अर्कोको आगमन हुन्छ 
अब आशा छ, अल्पकालका लागि 
दुश्मनी निभाए पनि
शायद
दीर्घकालका लागि
मित्रता निभाएर छोड्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप