मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, २१ साउन २०७९, ०६ : ५२
शनिबार, २१ साउन २०७९

गजल जस्तै लाग्यो भने गजल सम्झिनु
हैन जस्तै लाग्यो भने कमसल सम्झिनु

तिमीले श्रृंगार गर्ने पर्दैन उति लजाउँदै
निधारमा जुन घुम्टोमा बादल सम्झिनु

पुरुष बन्न पुरुषत्व देखाउनै पर्छ भने 
रुख अंगालेर पातलाई आँचल सम्झिनु 

भविष्य खोज्दै मरुभूमि तिर्खाएको बेला 
पसिना पिउन पाएकोमा सफल सम्झिनु

मेरो नेता महान् हो जसले भन्दैछ अझै
उसलाई महामूर्ख सम्झिनु, पागल सम्झिनु 

खोटाङ, हालः टोकियो, जापान
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप