सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा आज तीन खेल

आइतबार, २२ साउन २०७९, ११ : १५
आइतबार, २२ साउन २०७९

प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) बिभिन्न तीन खेलहरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा लेस्टर सिटीले बर्नफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने लेस्टर र बर्नफोर्डबीचको खेल नेपाली समय अनुसार साँझ ८:४५ मा हुनेछ ।

आजको खेलमा जित निकाल्दै लेस्टर सिजनको सुरुवात गर्ने योजनामा छ । यता वन प्रवेशी बर्नफोर्ड पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । यसै समयमा हुने अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ ।

आज हुने अन्तिम खेलमा साविकको विजेता टोली म्यानचेस्टर सिटीले वेस्टहमसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ९ः१५ मा सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप