सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसद ग्यालरीमा ६८ अनुहार: जसले गरे डेब्यु

बिहीबार, २८ मङ्सिर २०७४, ०६ : ३०
बिहीबार, २८ मङ्सिर २०७४

राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् ।  प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् ।  आजको गोरखापत्रमा खबर छ ।

समानुपातिकतर्फ पनि योपटक काँग्रेस एमालेले पुरानालाई लगभग नदोहो¥याई सूची बुझाएकाले संसद्मा नयाँ सांसदको बाहुल्य हुने करिब निश्चित छ ।  तर, समानुपातिकको सङ्ख्या भने यकिन भइसकेको छैन ।  

संसद्मा ‘डेब्यु’ गर्न लागेका केही अनुहार भने यसअघि निर्वाचनमा पराजित भएकासमेत छन् ।  निर्वाचित केही जनप्रतिनिधि भने पहिलो प्रयासमै केन्द्रीय संसद्को स्थान पक्का गर्नेहरू छन् ।    

-ताप्लेजुङबाट निर्वाचित एमाले सचिवसमेत रहनुभएका योगेश भट्टराई पहिलोपटक केन्द्रीय संसद् प्रवेश गर्दै हुनुहुन्छ । 
-मन्त्री भइसक्नुभएका एमालेको भ्रातृ सङ्गठन युथ फोर्सका पूर्वअध्यक्ष महेश बस्नेत पनि पहिलोपटक संसद्मा ‘डेब्यु’ गर्दै हुनुहुन्छ । 
-प्रहरी सङ्गठनबाट फेरिएको दैनिकी लिएर पूर्वडीआईजी नवराज सिलवाल पनि केन्द्रीय संसद् सदस्य बन्नुभएको छ ।  
-माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि पहिलोपटक केन्द्रीय संसद्को ग्यालरी बैठकको अनुभव लिँदै हुनुहुन्छ । 
-पेसाले इन्जिनियर र निर्माण व्यवसायी रहेका मोहन आचार्यले रसुवाबाट आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुभएको छ । 
-राप्रपाका राजेन्द्र लिङ्देनको संसद्को यात्रा पहिलो नै हो । 
-झापा ३ बाटै निर्वाचित एमाले नेत्री पवित्रा निरौलाका लागि पनि केन्द्रीय संसद् नयाँ अनुभव हो ।  
-माओवादी केन्द्रबाट भोजपुरबाट विजयी सुदन किराती पनि पहिलोपटक संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । 
-ठमाडौँ ३ का कृष्णबहादुर राई, मनाङका पोल्देन छोपाङ गुरुङ र नुवाकोटका हितबहादुर तामाङको संसद् यात्रा पनि पहिलो अनुभव नै हुनेछ ।  
-खेल क्षेत्रमा परिचित नाम जीवनराम श्रेष्ठले पनि पहिलोपटक केन्द्रीय संसद्मा आफ्नो स्थान पक्का गर्नुभएको छ । 
-विद्यार्थी नेत्रीबाट राजनीतिमा होमिनुभएकी बीना मगरले पनि कञ्चनपुर १ बाट केन्द्रीय संसद्को यात्रा सुरक्षित गर्नुभएको छ ।  
-मोरङका घनश्याम खतिवडा, काभ्रेका गोकुल बास्कोटा, कञ्चनपुरका नरबहादुर धामीका लागि पनि संसद् यात्रा नयाँ हो । 
-बाजुराका गोपालबहादुर बम, बाजुराका लालबहादुर थापा, सुर्खेतका नवराज रावत पनि पहिलोपटक केन्द्रीय संसद् सदस्यमा निर्वाचित हुनुभएको हो । 
-खुर्खेतकै ध्रुवकुमार शाहीले पनि पहिलोपटक केन्द्रीय संसद्मा स्थान बनाउनुभएको हो ।  
-बाँकेबाट महेश्वरजङ्ग गहतराज, दाङबाट हीराचन्द्र केसी, झापाबाट एलपी साँवा लिम्बू पनि पहिलोपटक सङ्घीय संसद्को सदस्य बन्नुभएको हो । 
-सुनसरीका जयकुमार राई, सिरहाका लीलानाथ श्रेष्ठ, धनकुटाका राजेन्द्रकुमार राई पनि पहिलोपटक संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । 
-नुवाकोटमा काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीलाई पराजित गरी नारायणप्रसाद खतिवडा पनि पहिलोपटक केन्द्रीय संसद् सदस्य बन्नुभएको छ ।  
-पूर्वजनमुक्ति सेनाका कमान्डर चन्द्रपाणि खनाल ‘बलदेव’ले पनि पहिलोपटक संसद् यात्रा तय गर्नुभएको छ । 
-रूपन्देहीबाट प्रमोदकुमार यादव, नवलपरासी पूर्वबाट तिलबहादुर महत क्षेत्री, उदयपुरबाट सुरेशकुमार राई, दैलेखबाट रवीन्द्रराज शर्मा, अछामबाट यज्ञ बोगटी, -बझाङबाट भैरव सिंह, काभ्रेबाट गङ्गाबहादुर तामाङले पनि केन्द्रीय संसद्को यात्रा निश्चित गर्नुभएको छ । 
-डा. सूर्यप्रसाद पाठक, जगतबहादुर विश्वकर्मा, भूपेन्द्रबहादुर थापा, कृष्णप्रसाद श्रेष्ठ, केदार सिग्देलले पनि पहिलोपटक केन्द्रीय संसद्को यात्रा तय गर्नुभएको हो । 
-दाङबाट मेटमणि चौधरी, सप्तरीबाट डा. सूर्यनारायण यादव, जुम्लाबाट गजेन्द्रबहादुर महत पनि पहिलोपटक संसद् सदस्यमा निर्वाचित हुनुभएको हो ।  
-यस्तै पर्वतका पदम गिरी, मुस्ताङका प्रेमप्रसाद तुलाचन, गोरखाका हरिराज अधिकारी, धादिङका भूमि त्रिपाठी, खेम लोहनीले पनि पहिलोपटक संसद्मा स्थान   पक्का गर्नुभएको हो ।  
-पर्साबाट विमल श्रीवास्तव, सोलुखुम्बुबाट हेमकुमार राई, कञ्चनपुरबाट डा. दीपकप्रकाश भट्ट, कैलालीबाट रेशमलाल चौधरी, सङ्खुवासभाबाट राजेन्द्र गौतम, -----कालीकोटबाट दुर्गाबहादुर रावत, रौतहटबाट देवप्रसाद तिमिल्सेना, धनुषाबाट उमाशङ्कर अरगरिया, महोत्तरीबाट सुरेन्द्रकुमार यादवले पनि संसद्मा पहिलोपटक   स्थान सुनिश्चित गर्नुभएको हो ।  
-बाराका रामबाबुकुमार यादव, पर्साका हरिनारायण रौनियार, पर्साबाटै प्रदीप यादव, बाराबाट एकवाल मियाँले पनि केन्द्रीय संसद् यात्रा निश्चित गर्नुभएको छ । 
-सर्लाहीबाट प्रमोद साहले पनि पहिलोपटक संसद्को यात्रा निश्चित गर्नुभएको हो । 
-सिरहाबाट लीलानाथ श्रेष्ठ, बाराका रामसहायप्रसाद यादवले पनि संसद्मा आफ्नो सिट सुरक्षित गर्नुभएको छ । 
-कैलालीबाट झपट रावल, स्याङ्जाबाट नारायण मरासिनी र ललितपुरबाट कृष्णलाल महर्जनले पनि पहिलोपटक संसद्को यात्रा निश्चित गर्नुभएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप