काठमाडौंका १४ खोप केन्द्रबाट बालबालिकालाई बुस्टर डोज दिइँदै
सोमबार, २३ साउन २०७९, १० : ४३
काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । वडा नम्बर २९ मा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्रहरु तोकिएको हो । बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ ।