हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्रा
सोमबार, २३ साउन २०७९, १३ : ५७
राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सनातन हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्राको आयोजना गरेको छ । काठमाडौँको मैतिदेवि मन्दिरबाट सुरु गरिएको सो पैदलयात्रा पशुपतिनाथ मन्दिरसम्म पुगेर समापन गरिएको थियो । राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आइरहेको छ ।