चण्डोलमा घर ढलान गर्दा लडेर मजदुर घाइते
मङ्गलबार, २४ साउन २०७९, १० : ३४
काठमाडौं महानगरापालिका–४ स्थित चण्डोलमा घर ढलान गर्ने क्रममा लडेर मजदुर घाइते भएका छन् । संदिप भट्टराईको बन्दै गरेको घरको ३ तला माथिबाट चिप्लिएर भारत घर भएका ४० वर्षीय लखन सिंह घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
लखनको अवस्था गम्भिर छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।