आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा एकैदिन २ हजार ४ सय बढी सवारी चालकमाथि कारवाही

मङ्गलबार, २४ साउन २०७९, १० : ३८
मङ्गलबार, २४ साउन २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४४९ जना सवारी चालकलाई कारवाही गरेको छ ।   

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७३ जना, जथाभावी हर्न बजाउने १०३ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना र तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना रहेका छन् । 

यस्तै, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना, सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप