‘सोनाम साथी स्मृति ग्रन्थ’को सार्वजनिकीकरण हुने
कम्युनिष्ट सिद्धान्त र आदर्शलाई लागू गर्न निरन्तर अभ्यासरत स्व. स्वनाम साथीको स्मृति ग्रन्थ तयार भएको छ । वामपन्थी चिन्तक निनु चापागाईको प्रधान सम्पादकत्वमा प्रकाशित हुने उक्त स्मृति ग्रन्थको सार्वजनिकीकरण यही साउन ३० गते हुँदैछ ।
भृकुटीमण्डपस्थिति पर्यटन बोर्डको सभाहलमा १ः३० बजे सार्वजनिकीकरण गरिने जनाइएको छ । सो अवसरमा स्व. स्वनाम साथीका बारेमा वामपन्थी विश्लेषक तथा मूल्यांकन मासिकका पूर्व प्रधान सम्पादक श्याम श्रेष्ठ, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, पूर्व मन्त्री गिरिराजमणि पोखरेल तथा ग्रन्थका सम्पादक निनु चापागाईले प्रकाश पार्नेछन् ।
म्याग्दीको सम्पन्न परिवारमा २००७ साल साउन १७ मा जन्मिएका सोनाम साथीको औपचारिक नाम शशि शेरचन हो । तर उनी सोनाम साथीको नामले चर्चित र परिचित थिए । उनको गत २०७७ साल पुस १० गते काठमाडौंको मोडेल अस्पतालमा निमोनियाको उपचार हुँदाहुँदै निधन भएको थियो ।