सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सान्चेज फ्रेन्च क्लब मार्सेमा अनुबन्धित

बिहीबार, २६ साउन २०७९, ०६ : ५८
बिहीबार, २६ साउन २०७९

इन्टर मिलानका पूर्व स्ट्राइकर एलेक्सिस सान्चेज फ्रेन्च लिग वान क्लब मार्सेमा अनुबन्धित भएका छन् । बुधबार राति सफल स्वास्थ्य परिक्षण पूरा भएसँगै सान्चेज आधिकारिक रुपमा फ्रेन्च क्लबसँग जोडिएका हुन् ।

यसअघि इन्टरले सान्चेजसँगको सम्झौता नविकरण नगर्ने घोषणा गरेपछि उनी मार्सेसँग जोडिएका थिए । पूर्व बार्सिलोना, आर्सनल र म्यानचेस्टर युनाइटेडका खेलाडी सान्चेज पछिल्लो सिजन इन्टरबाट सात खेलमा मात्र पहिलो रोजाईमा खेलेका थिए । 

चिलीका अन्तर्राष्ट्रिय खेलाडी सान्चेज इन्टरले सन् २०२०–२१ को सिरी ‘ए’ उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप