आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७ सय बढी सवारी चालकमाथि कारवाही

बिहीबार, २६ साउन २०७९, १० : ४१
बिहीबार, २६ साउन २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १४९, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ११३, रेड लाइटको पालना नगर्ने १२० र नम्बर प्लेज देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेका छन् । 

बाँकी २ हजार ३२६ जना सवारी चालकलाई भने अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप