इङ्ग्लिस प्रिमियर लिग : बर्नेमाउथको पोष्टमा सिटीको चार गोल
आइतबार, २९ साउन २०७९, ०६ : ४१
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।
यस जीतसँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जीत निकालेको छ । सिटी २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।