पृथ्वीलाई जोगाउन डेढ महिनापछि क्षुद्र ग्रहसँग ठोक्किँदैछ नासाको यान
क्षुद्र ग्रह धर्तीतर्फ आइरहेका छन् भन्ने खबर हरेक महिना एक वा दुई पटक सुन्न पाइन्छ । कहिले टाढा त कहिले नजिकैबाट त्यस्ता क्षुद्र ग्रह यात्रा गर्छन् । तर पृथ्वीलाई वास्तविक खतरा यदि कुनै वस्तुबाट छ भने ती क्षुद्र ग्रह नै हुन् । यदि कहिले कुनै क्षुद्र ग्रह धर्तीतर्फ आइरहेका छन् र त्यसको दिशामा परिवर्तन भएन भने प्रलय निश्चित छ । यस्तै क्षुद्र ग्रहलाई टाढा राख्नका लागि वा त्यसको दिशा परिवर्तन गर्नका लागि नासाले अघिल्लो वर्ष डार्ट मिसन सार्वजनिक गरेको थियो । सेप्टेम्बर २६ तारिख (१० असोज (घटस्थापनाको दिन)) यो मिसनले क्षुद्र ग्रहलाई ठोक्काएर त्यसको दिशामा परिवर्तन गर्दैछ ।
धर्तीलाई क्षुद्रग्रहको ठक्करबाट जोगाउनका लागि यो स्पेसक्राफ्ट सुदुर अन्तरिक्षमा चक्कर लगाइरहेको क्षुद्रग्रहसँग ठोक्किनेछ । उद्देश्य एउटै मात्र के छ भने ठक्करले के साँच्चै नै क्षुद्रग्रहको दिशामा परिवर्तन होला कि नहोला भनेर थाहा पाउनु हो । नासाको यो यान क्षुद्रग्रहसँग २३,७६० किलोमिटर प्रतिघण्टाको गतिले ठोक्किनेछ ताकि क्षुद्रग्रहको दिशामा हुने परिवर्तनलाई रेकर्ड गर्न सकियोस् । साथै ठक्करले दिशामा परिवर्तन हुन्छ वा हुँदैन भनेर पनि पत्ता लगाउने कोसिस गरिनेछ । यसबाहेक ठक्करका बेला क्षुद्रग्रहको वातावरण, धातु, धुलो, माटो आदिलाई पनि ध्यानमा राखिनेछ ।
डार्ट मिसनले के गर्नेछ ?
यो मिसनको नाम डबर एस्टेरोयड रिडायरेक्सन टेस्ट हो । यसलाई काइनेटिक इम्प्याक्टर टेक्निक प्रयोग गरेर यस्तो कार्य गरिनेछ । यो प्रविधि यसकारण विकसित गरिएको छ ताकि धर्तीतर्फ आइरहेको क्षुद्रग्रहसँग यानको ठक्करले त्यसको दिशामा परिवर्तन गर्न सकियोस् । जुन क्षुद्रग्रहमाथि नासा डार्ट स्पेसक्राफ्ट (यान) मार्फत् हमला गरिनेछ त्यसको नाम हो डिडिमोस ।
डिडिमोस क्षुद्रग्रह २६०० फिट डायमिटर (व्यास) को छ । यसको चारैतिर चक्कर लगाइरहेको एउटा सानो चन्द्रमा जस्तो पत्थर पनि छ । यो चन्द्रमाको नाम हो डाइमरफोस । यानको ठक्कर यसैसँग हुनेछ । यसको व्यास ५२५ फिट हो । नासाले यो सानो चन्द्रमा जस्तो पत्थरलाई निशाना बनाउनेछ । जुन डिडिमोससँग ठोक्किनेछ । त्यसपछि यी दुईको गतिमा हुने परिवर्तनको अध्ययन धर्तीमा भएका टेलिस्कोपमार्फत् गरिनेछ ।
डार्ट स्पेसक्राफ्टको गती ?
नासाको प्लेनेटरी डिफेन्स अफिसर लिन्डली जोनसनले यो ठक्करपछि आफूहरुलाई काइनेटिक इम्प्याक्टर प्रविधिको क्षमताबारे थाहा हुने बताएकी छिन् । साथै, यत्तिको तयारले पुग्ने वा धर्तीलाई यस्ता क्षुद्रग्रहबाट जोगाउनका लागि कुनै नयाँ प्रविधिको विकास गर्नुपर्छ भन्नेबारे पनि ज्ञान हुने उनले बताएकी छिन् । डिडिमोससम्म पुग्न यो तीब्र गतिमा जानेछ तर त्यसको चन्द्रमासँग यो करिब २४ हजार किलोमिटर प्रतिघण्टाको गतीमा ठोक्किनेछ ।
अत्यधिक गतिमा डिडिमोससँग जुन ठक्कर हुनेछ त्यो नियन्त्रण बाहिर हुनेछ । त्यसैले डार्ट स्पेसक्राफ्टको गतिलाई कम गरेर त्यसलाई डिडिमोसको चन्द्रमासँग ठोक्काइनेछ । ठक्करका कारण चन्द्रमाको गतिमा अलिकति मात्रै परिवर्तन आयो भने पनि डिडिमोससँग ठोक्किने सम्भावना हुन्छ । यसमार्फत् दुबैको गति र दिशामा साधारण अन्तर आउन सक्छ । अन्तरिक्षमा एक डिग्री र एक किलोमिटरको गतिको कमीले पनि ठूलो असर पार्न सक्छ । धर्तीसँग ठोक्किनबाट रोक्न सक्छ ।
निगरानीका लागि भिन्न यान हुने
डार्ट स्पेसक्राफ्टमाथि निगरानी गर्नका लागि सँगै इटालियन स्पेस एजेन्सीको लाइट इटालियन क्युबसेट फर इमेजिङ एस्टेरोयड्स पठाइँदै छ । यो ठक्करका बेला डिडिमोस एस्टेरोयडको नजिकैबाट यात्रा गर्नेछ ताकि ठक्करको फोटो खिच्न सकोस् र त्यसको तस्बिर धर्तीमा पठाउन सकोस् । नासाले लगातार धर्तीको आसपासबाट यात्रा गर्ने पत्थर अर्थात् नियर–अर्थ अब्जेक्ट्समाथि निगरानी राख्छ । यदि कुनै ढुङ्गा पृथ्वीको १.३ खगोलीय एकाई अर्थात् पृथ्वी र सूर्यबीचको दुरीको १.३ गुणा टाढा पुग्यो भने त्यो नासाको रडारमा देखिन्छ । हालसम्म नासाले धर्तीको आसपास ८००० भन्दा बढी नियर–अर्थ अब्जेक्ट्स दर्ता गरेको छ ।
Have you ever been scared of news of asteroids hurtling toward Earth? Well, things are about to change for good as NASA's 'Double Asteroid Redirection Test' or DART is set to deflect an asteroid on September 26. Here are more details. https://t.co/EJcBsnhJOe pic.twitter.com/U009xdhphp
— NewsBytes (@NewsBytesApp) August 13, 2022
नासाद्वारा दर्ता गरिएका नियर–अर्थ अब्जेक्ट्समध्ये केही क्षुद्रग्रह यस्ता छन् जुन ४६० फिट व्यासभन्दा बढीका छन् । यदि यो आकारको कुनै ढुङ्गा अमेरिकामा खस्छ भने यसले कुनै पनि एक राज्यलाई पूर्ण रुपमा नष्ट गर्न सक्छ । यदि यो समुद्रमा खस्छ भने यसले ठूलो सुनामी ल्याउन सक्छ । यद्यपि, नासाले पृथ्वीको चारैतिर चक्कर लगाइरहेका ८००० पत्थरमध्ये एउटा पनि अर्को १०० वर्षसम्म धर्तीसँग नठोक्किने विश्वास दिलाएको छ ।