टानको केन्द्रीय सदस्यमा बन्जाराद्धारा उम्मेदवारी घोषणा
आइतबार, २९ साउन २०७९, १९ : २४
ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी रामप्रसाद बन्जारा (रिचार्ड)ले उम्मेदवारी घोषणा गरेका छन् । यही साउन ३० गते हुने टानको ४४औं साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने चुनावमा बन्जाराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।
उनले भारत, बंगलादेश, थाइल्यान्ड, इन्डोनिसिया, मलेसिया, सिंगापुरलगायतका देशहरुको भ्रमण गरिसकेका छन् । टान निर्वाचनमा अध्यक्ष पदमा नीलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।