आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुरु, प्रतिवेदनहरू प्रस्तुत हुँदै

सोमबार, ३० साउन २०७९, १० : ०५
सोमबार, ३० साउन २०७९

राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको सुकेधारामा शुरु भएको छ । बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

थापाले मुलुकको पछिल्लो अबस्था बारे संक्षिप्त भनाई राखेका छन् । अहिले थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन , महामन्त्री सुशील श्रेष्ठले मेची(महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन  अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन , प्रदेश अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिवेदन माथी आजैबाट टिप्पणी शुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप