जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएपछि स्थानीयद्वारा सडक अवरुद्ध
सोमबार, ३० साउन २०७९, १२ : ३९
बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका दुई जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीको जंगली जनावरको आक्रमणबाट आइतबार मृत्यु भएको थियो । स्थानीयले सोमबार विहान ११ बजेदेखि कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी सुरज कार्कीका अनुसार सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रिने सवारी साधनहरु बबई पुल वारी-पारी रोकिएका छन् । छिन्चुबाट प्रहरीको टोली बबई पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।