टुकल र कोन्टेमाथि कारबाही अघि बढाइयो
मङ्गलबार, ३१ साउन २०७९, १० : ३५
आइतबार प्रिमियर लिगमा चेल्सी र टोटनहमको खेलमा मैदानमा नै भिड्न पुगेका दुई टोलीका प्रशिक्षक थोमस टुकल र एन्टोनियो कोन्टेमाथि एफएले कारबाही प्रक्रिया अघि बढाएको छ । दुईजना प्रशिक्षकले खेलमा रातो कार्डसमेत पाएका थिए । उनीहरूलाई अगस्त १८ सम्म सफाइ पेस गर्ने मौका दिइएको छ ।
त्यस्तै, एफएले टुकलले खेलपछि रेफ्री एन्थोनी टेलरमाथि लगाएको आरोपको बारेमा अनुसन्धान सुरु गरेको छ । जर्मन प्रशिक्षकले टेलर अब आइन्दा चेल्सीको खेलमा रेफ्री बन्न नहुने बताएका थिए ।
स्पर्सले पहिलो गोल गर्दा टेलरले रोड्रिगो बेन्टान्करले काई हाभर्टजमाथि फल गरेको नदेखेकोमा टुकल रुष्ट थिए । यस घटनाले दुई प्रशिक्षकबीच भनाभन भएको थियो । जसमा दुवैले पहेँलो कार्डसमेत पाएका थिए ।