सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धादिङको गल्छीमा भारतीय नम्बरको ट्रेलरले जीपलाई ठक्कर दियो, दुई जनाको मृत्यु

मङ्गलबार, ३१ साउन २०७९, १० : ५१
मङ्गलबार, ३१ साउन २०७९

धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाट आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप