निर्वाचन आयोगमा दल दर्ताको चटारो (फोटो फिचर)
मङ्गलबार, ३१ साउन २०७९, १२ : १४
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । अन्तिम दिन दल दर्ताका लागि पार्टीहरु आयोगको कार्यलयमा पुगिरहेका छन् ।
राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले यसअघि नै आयोगमा दल दर्ता गरिसकेका छन् । साना दलहरु र नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिँदैछन् ।
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् ।