सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शङ्करको ‘तीज आयो’ गीतमा परदेशीका परिवारको पिडा

मङ्गलबार, ३१ साउन २०७९, १३ : ०८
मङ्गलबार, ३१ साउन २०७९

एउटा समय थियो भोगाइका विविध सँगालोहरूलाई बिलौना गरेर बिताइने दिन तीज हुने गर्थ्यो । बुहारीहरूले वर्षभरि भोगेको दुख–पीडा, पिर–व्यथाहरूलाई माइतमा गएर पोखिने बिलौना तीजका भाका गर्थे ।

अहिले जुनै पनि विषय तीजका भाकामा समेटिन थालेका छन् । यस्तैमा उज्ज्वल भविष्यको लागि विदेशिने र उनका परिवारले प्रतीक्षामा बस्ने विषयमा तयार पारिएको तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ ।

शंकर के राईको शब्द, डीबी खड्काको संगीत रहेको गतिमा गायिका विनीता ढकाल ‘सिम्रन’) स्वर दिएकी छन् । रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा रामभजन कामत, प्रकाश कलेल, सावित्री जीसी, गंगा धिमाल आचार्यसँगै गायक डीबी खड्का र गायिका विनीता ढकाल (सिम्रन)को समेत अभिनय छ ।

सुमन सागर जंग केसीको निर्देशन रहेको भिडियोको छायाकार प्रवेश पोखरेल हुन् भने सम्पादन सुरेश राउतले गरेका छन् । ​रियाशा इन्टरटेनमेन्टको प्रस्तुतिमा रहेको ‘तीज आयो’ एउटा गीत मात्र नभएर अहिलेको देश, समाजको प्रतिबिम्ब भएको गीतकार लामा बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप