एकै चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरेर माओवादी र नेसपा निर्वाचन आयोगमा (तस्बिरहरु)
मङ्गलबार, ३१ साउन २०७९, १५ : ०८
एकै चिह्नबाट आगामी मंसिर ४ को निर्वाचनमा सहभागी हुने निर्णय गरेर नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति भएको थियो भने सोही सहमतिलाई दुबै पार्टीले अनुमोदन गराइसकेका छन् ।
सहमतिपछि दल दर्ताको अन्तिम दिन दुबै पार्टीका नेताहरु एकै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने गरी दर्ता गराउन पुगेका हुन् ।