मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वदेशी औषधिको प्रयोगमा जोड दिइनेछ : मन्त्री खापुङ

मङ्गलबार, ३१ साउन २०७९, १६ : २६
मङ्गलबार, ३१ साउन २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको औषधि व्यवस्था विभागको अनुगमन गरेका छन् । मन्त्री खापुङले विभागको अनुगमन क्रममा नेपालमा उत्पादन हुने औषधि प्रयोगमा बढी नेपालीले नै जोड दिनुपर्ने बताएका छन् ।

नेपाली औषधि उत्पादन र उपभोग सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिने समेत उनले बताए । यस्तै, मन्त्री खापुङले अनुगमनका क्रममा कार्यसम्पादनमा देखिएका चुनौतीलाई समाधान गर्ने बताए । अनुमानमा मन्त्रालयका सचिव देव कुमारी गुरागाईँको समेत सहभागिता रहेको थियो । औषधि व्यवस्था विभागका कर्मचारीले जनशक्ति कम भएकोले कार्यसम्पादनमा चुनौती थपिएको सुनाएका थिए । अनलाइन औषधि खरिद बिक्री अनुगमनमा समस्या हुनुका साथै, भन्सारमा फार्मेसी जनशक्ति इकाई स्थापना गर्न आवश्यक रहेको कर्मचारीहरूको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप