आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन ३ हजार  १८७ सवारी चालकमाथि कारवाही

बुधबार, ०१ भदौ २०७९, १० : ५८
बुधबार, ०१ भदौ २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् । 

यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप