सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘माइकल अधिकारी’को ‘फापरको रोटी’ गीतमा सुष्मा र यशराजको छमछमी

बुधबार, ०१ भदौ २०७९, १२ : ४५
बुधबार, ०१ भदौ २०७९

कृष्ण जन्माष्टमीकाे अवसर पारेर भदाै ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म  ‘माइकल अधिकारी’को ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक भएको छ । शम्भुजित बाँस्कोटा, रवि ओड र टीका प्रसाइँको स्वर रहेको लोक शैलीको गीतमा दयाराम दाहालको शब्द तथा शम्भुजित बाँस्कोटाकै संगीत छ ।

गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्की र अभिनेता यशराज गराजको अभिनय देख्न सकिन्छ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्‍टि श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म रन्जित रौनियारले निर्देशन गरेका हुन् । फिल्मले सेरोगेसीको बिषयबस्तु उठाएको छ ।

उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दिलिप बोहोरा, केन्द्र भट्टराई र  बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार लगायतको अभिनय छ ।

शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद रहेको फिल्मको कथा निर्देशक रौनियारले नै लेखेका हुन् । फिल्ममा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द, मित्र डि गुरुङको सम्पादन र राजु विक्रम थापाको छायांकन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप