सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नविन र सुगमले अष्ट्रेलियाका दर्शक नचाउने

बुधबार, ०१ भदौ २०७९, १३ : ३५
बुधबार, ०१ भदौ २०७९

अस्ट्रेलिया निवासी नेपालीको यो पटकको दशै तिहार संगीतमय हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेलसँगै ‘नेपाल आइडल ४’ का प्रतियोगी आदेश पौडेल लगायतले दशैं तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउमा  सांगीतिक प्रस्तुति दिने भएका हुन् ।

भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतिमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजना हुन लागेको कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिड्नी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केन्र्स, नियुक्यासल लगायतका ठाउँहरुमा हुने जानकारी कार्यक्रम संयोजक युट्सल दाहालले दिए ।

अस्ट्रेलियामा केही वर्षपछि आफ्नो सांगीतिक प्रस्तुति दिन लागेकोमा गायक नवीन के भट्टराई आफू उत्साहित रहेको बताए ।  कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम हप्तासम्म हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप