६९ लाख हुन्डीको रकम सहित काठमाडौंबाट ३ जना पक्राउ
बिहीबार, ०२ भदौ २०७९, १२ : ४०
काठमाडौंबाट प्रहरीले हुन्डीको रकम सहति ३ जनालाई पक्राउ गरेको छ ।
घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ ।
घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।