स्वस्तिकाको नयाँ गीत ‘सम्हाल्दा सम्हाल्दै’ सार्वजनिक
बिहीबार, ०२ भदौ २०७९, १४ : २७
गायिका स्वस्तिका ढकालको स्वर रहेको नयाँ गीत ‘सम्हाल्दा सम्हाल्दै’ सार्वजनिक भएको छ । सुशीला पौडेलको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।
गीतको भिडियोमा भने प्रेमकथा देखाउन खोजिएको छ । जसमा अलिशा शर्मा र निया तामाङले अभिनय गरेका छन् । भिडियोमा जोकर क्रु समूहको पनि अभिनय समेटिएको छ । पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको भिडियो शयनम अधिकारीले निर्देशन गरेका हुन् । भिडियोको निर्माण एसके इन्टरटेन्मेन्टले गरेको हो ।