संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित
बिहीबार, ०२ भदौ २०७९, १७ : ००
विशिष्ट संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित भएका छन् । कलाकारहरुको अन्तर्राष्ट्रिय सन्जाल ईनास अमेरिका र बानाले मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको एक कार्यक्रममा बाँस्कोटालाई सम्मान गरिएको हो ।
लोक गायक प्रेमराजा महत, ईनास अमेरिकाका अध्यक्ष गायक कन्हैया सिंह र बानाका अध्यक्ष सुबोध बिलास पन्तले बाँस्कोटालाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।
कार्यक्रममा गायक प्रेमराजा महतले नेपाली चलचित्र र आधुनिक गीत–संगीतको क्षेत्रमा संगीतकार बाँस्कोटाको योगदानको चर्चा गर्दा ईनास अमेरिकाका अध्यक्ष कन्हैया सिंहले बाँस्कोटाको कोरेको बाटोमा आफु हिड्न पाएकोमा खुसी ब्यक्ति गरे ।
सुबोधबिलास पन्त, चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेले लगायतको उपस्थिती रहेको कार्यक्रममा बाँस्कोटाले आफ्ना कालजयी केही गीतहरु समेत गाएका थिए ।