सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुवईमा नेपाल इभ टुरिजम टुर २०२२ हुँदै, एक दर्जनभन्दा बढी नेपाली कलाकार सहभागी हुने

बिहीबार, ०२ भदौ २०७९, २२ : ५१
बिहीबार, ०२ भदौ २०७९

युनाइटेड अरब इमिरेट्स यूएईको दुईमा नेपाल इभ टुरिजम टुर–२०२२ हुने भएको छ। ब्लु चीप ग्रुप अफ कम्पनी र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा आउँदो २१ अगष्टमा दुबईको वर्ल्ड ट्रेड सेन्टरस्थित शेख रसिद हलमा कार्यक्रम हुने भएको हो ।

नेपालको कला सँस्कृतिको संरक्षण र पर्यटन प्रर्वधन गरि नेपालमा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न विधाका १ दर्जन भन्दा बढि नेपाली कलाकारहरु दुबई आउने भएका हुन्।
कार्यक्रमका लागि महानायक राजेश हमाल पत्नी मधुसहित गत सोमबार दुबई आइसकेका छन् भने गायिका सुनिता दुलाल,स्मृति कँडेल,समिक्षा पोखरेल गएराति नै दुबई ओर्लिसकेका छन्। स्ट्याण्ड अप कमेडियन संदिप क्षेत्री आज दुबई आइपुग्ने भएका छन्।

यसैगरी अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, गायक शिव परियार, कलाकार खेम सेञ्चुरी, टेरिया फौजामगर, स्मिता दाहाल, अञ्जली अधिकारी भने भोलि दुबई आइपुग्ने ब्लु चीप ग्रुप अफ कम्पनीका अध्यक्ष पुनम यादवले रातोपाटीलाई बताइन्।

कार्यक्रमको उद्देश्यबारे हाम्रो प्रश्नमा अध्यक्ष यादवले यूएईमा रहेका एक नेपालीले कम्तिमा दुईजना पर्यटक नेपाल पठाउन प्रेरित गरि देशको पर्यटन विकासमा योगदान गर्ने मुख्य लक्ष लिएको बताइन्।उनले पर्यटनको विकाससँगै नेपालका सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने योजना रहेको बताइन्। सम्भवतः यूएईको नेपाली इतिहासमा नेपाललाई टेवा पुर्याउने खालको पोहिलो कार्यक्रम भएको उनले जिकिर गरिन्।

अध्यक्ष यादवले,हिन्दु महिलाहरुको विशेष चाड तीजको अवसर पारेर हुन गइरहेको उक्त कार्यक्रममा सहभागी हुन आफु आइसकेको र यूएईमा रहनु भएका महिला दिदीबहिनीहरु लगायत यूएईबासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भइ देशको पर्यटन प्रर्वधनकोलाई सहयोग गरिदिन अनुरोध समेत गरेकी छन्। दर्शकहरुको सुविधाको लागि यूएईको सातै राज्यबाट निःशुल्क यातायात सेवा उपलब्ध समेत गराइएको अध्यक्ष यादवले जानकारी दिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप