सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘१९७४ एडी’ ले अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्ने

शुक्रबार, ०३ भदौ २०७९, ११ : ३१
शुक्रबार, ०३ भदौ २०७९

नेपाली चर्चित ब्याण्ड ‘१९७४ एडी’ ले अस्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिने भएको छ । ‘१९७४ एडी’ ले एक विज्ञप्तिमार्फत आफ्नो अष्ट्रेलिया टुरको जानकारी दिएको हो ।

चर्चित गीत गुराँसै फुल्यो, सम्बोधन, परेलीमा लुकाई राखन, छुँदैन तिम्रो मायाले, जति माया लाए पनि, यो मन त मेरो नेपाली, पहिलो जूनिमा, चौबन्दी चोली  लगायत गीत कार्यक्रममा प्रस्तुत गर्ने बताएको ब्याण्डले अस्ट्रेलियाका ८ सहरहरुमा कार्यक्रम हुने जनाएको छ । 

‘यो मन त नेपाली हो अस्ट्रेलिया टुर २०२२’ टाइटल रखिएको उक्त कार्यक्रम अगस्त २१ देखि सेप्टेम्बर ९ सम्म हुनेछ । टुरको आयोजना रोटेपिङ्ग इन्टरटेनमेन्टले गर्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप