सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी

शनिबार, ०४ भदौ २०७९, ११ : १६
शनिबार, ०४ भदौ २०७९

घरेलु टोली वेस्ट इन्डिजलाई  दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार  बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज  ३५.३  बलमा  सबै विकेट गुमाउँदा मात्र एक  सय ६१ रनमा समेटियो ।

उसका याननिची कारियहले  सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै  दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए  । यस्तै, ड्यारियल मिचेलले ४१  रनको योगदान गरे । 

वेस्ट इन्डिजका  केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप