सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शान्ति प्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजनिक

शनिबार, ०४ भदौ २०७९, ११ : २०
शनिबार, ०४ भदौ २०७९

गीतकार शान्तिप्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजनिक भएको छ । तीजमा दिदीबहिनीलाई उपहारस्वरुप आफुले गीत बनाएको गीतकार प्रियले बताए । राकेश सोनीको संगीत तथा संगीत संयोजन रहेको गीतमा बिन्दु बिसीको स्वर छ । गीतको भिडियोमा अप्सरा पुरी, वर्षा तामाङ र झरना परियारको अभिनय देख्न सकिन्छ । 

हेरुका लामाको निर्देशन रहेको भिडियोमा छायाङ्कन तथा सम्पादन बज्र ङ्यासुरको छ । भिडियोको कोरियोग्राफी निर्देशक लामाले नै गरेका हुन् ।  मौलिक तीज गीतको मर्मलाई आत्मसात गर्दै त्यसै अनुसारको भिडियो निर्माण गरिएको निर्देशक लामाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप