सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रणवीरको शमशेरालाई १ करोड जरिवाना

शनिबार, ०४ भदौ २०७९, १२ : ०७
शनिबार, ०४ भदौ २०७९

दिल्ली उच्च अदालतले रणवीर कपुरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ । अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैंयाँ जम्मा गर्नसमेत भनेको छ । यो मामला कपी राइट उल्लङ्घनसँग जोडिएको छ ।

फिल्मको ओटीटी रिलिजसँग जोडिएको मामलामा सुनुवाई गर्दै न्यायाधीश ज्योति सिंहले विक्रमजीत भूल्लरद्वारा दायर एक मुद्धामा यो आदेश जारी गरिएको हो । भुल्लरले फिल्म निर्माताले उनको साहित्यिक कृति ‘कबहु ना छाडे खेत’ को कपी राइट उल्लंघन गरेको दाबी गरेका छन् ।

अदालतले तोकिएको समयमा पैसा जम्मा नगरे ओटीटीमा फिल्म प्रसारणमा रोक लगाउने र त्यो अगष्ट २३ बाट कार्यान्वयन हुनेसमेत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप