सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियलको लगातार दोस्रो जित

आइतबार, ०५ भदौ २०७९, ०८ : १३
आइतबार, ०५ भदौ २०७९

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराएको हो ।

सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले एक–एक गोल गरे ।

उता सेल्टाका इयागो आसपासले एक गोल फर्काए । खेलको १४ औं मिनेटमा  करिम बेन्जिमा पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाए ।

सेल्टाका लागि इयागोले २३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । मोड्रिचले ४१ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

५६ औं मिनेटमा जुनियरले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । ६६ औं मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

रियलका लागि खेलको ८७ औं मिनेटमा इडेन हाजार्ड गोल गर्नबा चुके । जितसँगै रियलले २ खेलमा ६ अंक जोडेको छ । पराजित सेल्टाले २ खेलबाट १ अंक जोडेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप