मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गजल

आइतबार, ०५ भदौ २०७९, ११ : ३६
आइतबार, ०५ भदौ २०७९

जति माया थप्दै जान्छु उति टाढा हुन्छ्यौ तिमी
मनभित्रै पस्न खोज्दा किन बाटो थुन्छ्यौ तिमी ?

लोलाएका नयनको भाव मैले बुझिनँ र
मैले दिल छुन खोज्दा बाहिर मात्र छुन्छ्यौ तिमी !!

मुटु भए पुग्छ तिम्रो सोह्र शृङ्गार चाहिँदैन
देखावटी प्रेम गर्न किन पोते उन्छ्यौ तिमी

प्रेम भन्नु भावना हो दिएको छ ईश्वरले
प्रस्तावमै मुहार किन आँसु पोखी धुन्छ्यौ तिमी ?

नाफा–घाटा व्यापारमा हिसाब किताब हुन्छ होला
प्रेमरस प्युन माग्दा गाह्रो मानी रुन्छ्यौ तिमी !!

एकोहोरो प्रेम हुन्न तिम्रो अर्कैतिर होला !
भन अब मलाई छोडी कुन चाहिँलाई चुन्छ्यौ तिमी ?

                                                                      -गुल्मी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीनाथ मिश्रित
काशीनाथ मिश्रित
लेखकबाट थप