सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्लब प्लाटिनममा अमेरिकन आइडल आर्थर गनको प्रस्तुती

आइतबार, ०५ भदौ २०७९, २० : २०
आइतबार, ०५ भदौ २०७९

आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको गएराति क्लब प्लाटिनममासुरुवात गरेका छन् । उक्त कार्यक्रम उनले ‘के पीर पर्यो तिमीलाई?’  गीतबाट सुरु गरेका थिए ।

‘लभ इज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले आर्थरका नेपाली र अंग्रेजी गीतहरुको मजा लिए र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ‘ह्याब् यु एभर सिन द रेन’ जस्ता हिटहरुको पनि आनन्द उठाए । क्लब प्लाटिनममा आफ्नो टुरको उद्घाटनमा दर्शकहरुको माया र समर्थन पाएपछि आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोड जस्ता नेपालभरि विभिन्न सहरहरुमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आईडल १८औं सिजन” को एक हिस्सा बनेपछि आर्थर गन्को लोकप्रियता निकै बढ्यो । प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आईडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरू गाएका थिए । उनको प्रस्तुतिलाई सबै ३ निर्णायकहरुद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई “हि ईज द बेस्ट” भनि प्रशंसा पनि गरेकी थिइन् ।

उनी उक्त शोको १८औं सिजनको उपविजेता रहे । उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरु र कलाकारहरुले समस्त कार्यक्रम भरि प्रशंसा गरे । टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएको छ । सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ । गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, “टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गन्सँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरुलाई गौरवान्वित बनाएका छन् ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप