आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा यात्रामा कठिनाइ

मङ्गलबार, ०७ भदौ २०७९, ०९ : ०९
मङ्गलबार, ०७ भदौ २०७९

गोपीगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाई हुँदा यात्रीहरूलाई सास्ती भएको छ । वर्षा हुँदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे उक्त सडकमा यात्रा गर्न यात्रीलाई कठिनाइ हुने गरेकाे स्थानीयले गुनासो गरेका छन् ।

पश्चिम नवलपरासीको उक्त  सडकका अधिकांश भाग फुटेर खाल्डाखुल्डी भएको छ भने सडकमा पानी पर्दा सडक पुरै हिलाम्मे हुने हुँदा यात्रामा निकै कठिनाई भोग्नु परिरहेको स्थानिय युवराज मौर्यले जानकारी दिए । उक्त १५ किलोमिटर दुरीको हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका हुदै सुस्ता गाउँपालिकालाई जोडेको छ ।

नारायणचोक (गोपीगंज) देखि रानीनगरसम्म (त्रिवेणी) कुल १५ किलोमिटरको उक्त हुलाकी सडक निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले ठेक्का लिएको छ । २ लेनको पिच सडक निमार्णका लागि ठेकदार कम्पनीले भ्याटसहित ४९ करोड, ६७ लाख ६२ हजार ५४६ रुपैयाँमा ठेक्का लिएको छ ।

बाटो निर्माणका लागि ठेकदार कम्पनीले २०७६ मंसिर १ गते सम्झौता गरि २०७९ मंसिर १ गतेसम्म सम्पन्न गर्नु पर्ने म्याद रहेको छ । ठेक्काको म्याद ४ महिना भित्रै सकिन्छ तर अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको पाइएछ । करिब ३ वर्षको समयमा पनि ठेकेदारले काम सम्पन्न गर्न नसक्दा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् । ठेकेदारलाई समयमै काम सम्पन्न गर्न पटक–पटक ताकेता गर्दा पनि खासै चासो नदेखाएको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।

ठेकदार कम्पनीले विभिन्न बहाना गर्दै अढाई वर्षमा जम्मा २४ वटा कल्भर्ट बनाएको छ । त्यस्तै बजार क्षेत्र बनाउनु पर्ने ढलको ८० प्रतिशतमात्र काम सम्पन्न गरेको छ भने २० प्रतिशत गर्न बाँकी नै छ । वर्षाले काम अवरोध भएको र अब छिटै काम शुरु गर्ने ठेकदार दावा शेर्पाले जनाकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप