सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, ०७ भदौ २०७९, १० : ३८
मङ्गलबार, ०७ भदौ २०७९

कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप