सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले स्थायी कमिटी बैठक जारी

मङ्गलबार, ०७ भदौ २०७९, १२ : ०८
मङ्गलबार, ०७ भदौ २०७९

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा जारी बैठकमा चुनाव केन्द्रीत विषयमा छलफल केन्द्रीत रहेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवस्यक मापदण्ड तोक्ने तयारी छ । साथै यसअघि बसेको सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्दै केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ । 

पार्टीको आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको एमालेको सिंगो नेतृत्व निर्वाचनमा होमिने तयारी छ । एमाले स्थायी कमिटीपछि भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बैठक सकेर नेताहरु निर्वाचनका ठोस योजनाहरू बोकेर गाउ तथा जिल्ला पस्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप