सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘२ नम्बरी’ को शीर्ष गीत बनाउनेलाई ५० हजार पुरस्कार

मङ्गलबार, ०७ भदौ २०७९, १६ : २९
मङ्गलबार, ०७ भदौ २०७९

पछिल्लो समय फिल्म प्रचारका लागि निर्माता टिकटकदेखि गीत निर्माणसम्मको प्रतियोगिता आयोजना गर्न थालेका छन् । यस्तैमा केही अगाडि टिजर सार्वजनिक गरेको फिल्म ‘२ नम्बरी’ ले शिर्ष (टाइटल) गीत प्रतियोगिताको आह्वान गरेको हो ।

फिल्मका लागि उत्कृष्ट शिर्ष गीत बनाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार समेत राखिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । प्रतियोगिताका लागि गीत रेकर्ड गराएर फिल्ममा समावेश गरिनेछ । ‘प्रतियोगीतामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन्’ निर्माता नेपाली भने ‘फिल्मको टिजरआएको छ । त्यो हेरेर टाइटल गीत बनाउन सकिनेछ ।’ लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै शैलीको गीत भएपनि फरक नपर्ने नेपालीले सुनाए ।

बाहिरबाट प्राप्त गीत आवश्यक परेको खण्डमा निर्माणपक्षले नै लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक दीपेन्द्र लामाले बताए । गीत भदौको ३१ गतेभित्र पठाउनुपर्नेछ प्रावधान राखिएको छ । गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई गोप्य राखेको छ । 

किरण नेपालीको प्रस्तुति र दीपेन्द्र लामाको निर्देशन गरेको फिल्म  दुई नम्बरी आगामी असोज २१ गते रिलिजको तयारीमा छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप