मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाबु–छोरीको कृति एकैसाथ लोकार्पण

बुधबार, ०८ भदौ २०७९, ११ : ०७
बुधबार, ०८ भदौ २०७९

गायिका तथा गीतकार अनिला राई एकसाथ दुई कृति लिएर आएकी छन् । गायिका अनिलाले गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ लिएर आएकी हुन् ।  राजधानीमा एक समारोहबीच तीन कृतिको एकसाथ लोकार्पण गरिएको हो । गायिका बर्थ–डे केक काटेर सुरु गरिएको कार्यक्रममा अनिलाको गीति एल्बम ‘एन्जेलिना’, गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा कविता संग्रह ‘अक्षरको ऐना’ सार्वजनिक गरिएको हो । 

‘अक्षरको ऐना’ गायिका अनिलाका बुबा गंगा राईले लेखेका हुन् । बाबु–छोरीको कृति प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ अमर गिरि, वरिष्ठ कवि भूपाल राई लगायतले संयुक्त रुपमा लोकार्पण गरे । सार्वजनिक गरिएको ‘एन्जेलिना’ अनिलाको सातौँ एल्बम हो । गीति पुस्तक भने उनको पहिलो हो । एल्बम ‘एन्जेलिना’ मा नौ वटा गीत छन् । जसमा अनिलाको एकल शब्द छ । जसमा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिँडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् । 

यी गीतहरूमा सात वटामा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले स्वरमा साथ दिएका छन् । ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको संगीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा संगीत रोशन राईले गरेका हुन् । 

यस्तै, ‘ढिँडो र सिस्नु’ मा डाक्टर किरात र ‘साकेला’ मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’ मा सचिन सिंहको संगीत रहेको छ । गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ एक सय १२ वटा गीत संग्रहित छन्,  जसमध्ये नौ वटा गीत रेकर्ड गरिएको हो ।

यस्तै, सार्वजनिक गरिएको गंगारामको कविता संग्रह ‘अक्षरको ऐना’ मा २४ कविता रहेका छन् । कार्यक्रममा तीन वटा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’ को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो ।

‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले गरेका हुन् । भिडियोमा योगेन्द्र राई र उपशना नेम्बाङले अभिनय गरेका छन् ।  यस्तै, ‘प्यारी छोरी’ गीतको भिडियोमा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवती र एन्जेलिना राईले अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप